News

अस्लिल शब्द प्रयोग गर्ने संस्कृति मन्त्री आले विरुद्ध उजुरी

अस्लिल शब्द प्रयोग गर्ने संस्कृति मन्त्री आले विरुद्ध उजुरी

पदकै अपमान हुने गरी अस्लिल शब्द प्रयोग गर्ने संस्कृति मन्त्री प्रेम आले विरुद्ध आचारण अनुगमन समितिको कार्यालयमा उजुरी परेको छ। जुनसुकै अवस्था र स्थानमा पनि अस्लिल शब्द प्रयोग गर्ने र त्यसैमा रमाउने मन्त्री आले विरुद्ध अधिवक्ता किशोर पौडेल, अधिवक्ता अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले उजुरी दिएका हुन।

पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री आलेले सांसद पदको आचारसंहिता विपरीतको कार्य गरेको भन्दै छानबिन गर्न उजुरीमा अनुरोध गरिएको छ । आलेले नेपाल वायु सेवा निगमका अध्यक्षलाई अश्लील गाली गरेको अडियो शुक्रबार सार्वजनिक भएको थियो । त्यस लगत्तै उनले ट्वीटरमा दाहोरो अर्थ लगाएर अश्लिल शब्द प्रयोग गरी स्ट्याटस राखेका छन् । ट्वीटरमा उनले लेखेका छन–‘भ्रस्टाचार गर्ने मु...ीहरू ( मुख्य जीम्मेवार) लाई के गर्दा ठीक ?’ 

मन्त्री आले विरुद्धको उजुरीमा ‘नियमको बर्खिलाप गरी आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गरेको’ भन्दै आपत्ति जनाईएको छ। देशको जनप्रतिनिधिमूलुक संस्थाले आधुनिक युगका आवश्यकता अनुसार भाषिक क्रियाकलाप गर्न भाषालाई सक्षम बनाउँदै लैजानु पर्ने उजुरीमा उल्लेख छ ।

‘माननीय सांसद प्रेम आलेज्यूले प्रयोग गर्नुभएका शब्द कदापि समाजमा बोल्न र सुन्न योग्य होइनन् । के नेपालले यस्तै जनप्रतिनिधिबाट भाषा स्थापित गर्न खोजेको हो ? यसले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पु¥याएको छैन, सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ। यसले गर्दा जनप्रतिनिधिहरुको सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता र जिम्मेवारीबाट समेत विमुख भएको महसुस भएको छ ।’– उजुरीमा उल्लेख छ।

केही समय पहिले सार्वजनिक भएको आलेको पहिलो टेलिफोन अडियो मन्त्री आलेले आफ्नो भएको स्विकार गरिसकेका छन् भने दोस्रोको विषयमा हालसम्म उनको सचिवालयबाट कुनै प्रतिक्रिया आएको छैन। यी र यस्तै गतिविधिका कारण आम जनताबीच जनप्रतिनिधिमूलक संस्थाप्रतिको विश्वासमा संशय पैदा हुनु स्वभाविकै हो। यद्यपि यस्तै घटना दोहोरिरहने र आचारसंहिता विपरीतका कार्य गर्ने माननीयलाई सम्मान गर्दै जाने हो भने आम राजनीतिक दलहरुप्रतिको वितृष्णा अझै बढ्न सक्ने भएकाले यस समिति समक्ष माननीय सांसद आलेज्यूको यो अडियोको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौं ।’

संस्कृति मन्त्रीका असंस्कृत हर्कत
गत फागुन पहिलो साता मजदुरीका लागि भारतमा रहेका अछामका जगत वलीसँग मन्त्री आलेले गरेको कुराकानीले सामाजिक सञ्चालनमा निर्क चर्चा पायो। मन्त्री आलेले वलीलाई अश्लील शब्द प्रयोग गर्दै वसेकै ठाउँबाट उठाउने धम्की समेत दिएका थिए । 

यतिमात्रै होईन, संस्कृति मन्त्री आले हरेक ठाउँमा यस्ता असंस्कृत शब्द प्रयोग गर्छन । मन्त्री आलेका मुखमा ‘मा...’  र मु...ी भन्ने शब्द त पहिल्यैदेखि झुन्डिएको उनी निकटकाहरु वताउँछन्। पछिल्लो समय मन्त्री भएपछि उनको अश्लीलताको सिकार मातहतकै कर्मचारीहरू हुने गरेका छन्। 

मन्त्री आलेले कर्मचारीलाई सम्बोधन गर्ने शब्द ‘तँ’ नै हो। भनेको नमाने मा... ने र मु...ीसम्म प्रयोग गर्छन। कर्मचारीलाई उनले दासझैं मान्ने गरेको उनी मातहतका कर्मचारीहरुको भनाई छ। भन्नेबित्तिकै काम नभए उनी अश्लील शब्दसहित गालीगलौजमा उत्रिने गरेको कर्मचारीहरु वताउँछन् ।

उनमा पैसा माग्ने र अवाञ्छित काम गर्न लाउने प्रवृत्ति रहेको स्रोत वताउँछ। स्रोतका अनुसार आलेले वायुसेवा निगमका पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेलसँग पनि पैसा मागेका थिए । पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीसँग पनि आलेले २ करोड मागेको स्रोतको भनाइ छ। 

स्रोतका अनुसार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई ठाडो आदेशमा ८० भन्दा बढी कर्मचारी भर्ना गर्न आदेश दिएका थिए। सोही आदेश समयमै पालन नगर्दा उनलाई अश्लील गाली र हातपात गरेका हुन्। 

यो पनि,
मन्त्री आलेको फोहोरी मुखः आफनै पार्टीका नेतालाई ‘चिप्ले चोर’ भन्न भ्याए

 

विशेष