News

उपाध्यक्षका देवरको मृत्यु हुँदा गाउँपालिकामा सार्वजनिक विदा

उपाध्यक्षका देवरको मृत्यु हुँदा गाउँपालिकामा सार्वजनिक विदा

रुपन्देहीको एउटा स्थानीय तहमा उपाध्यक्षका देवरको मृत्यु भएपछि पालिकाभरी सार्वजनिक विदा दिईएको छ। 

मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने एक ब्यक्तिको मृत्यु भएपछि गाउँपालिकाले विज्ञप्ति जारी गरेर सार्वजनिक विदा दिएको हो।

गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले आईतवार विज्ञप्ति जारी गर्दै सवारी दुर्घटनामा मृत्यु भएका सिंहका देवरको मृत्युमा सार्वजनिक विदाको दिइएको जनाएका छन् ।

‘मिति २०७९÷३÷०५ गतेका दिन यस का कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्य संघ संस्थाहरु समेत बन्द रहने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

उपाध्यक्ष र वडा नम्बर ५ का अध्यक्ष कृष्णकुमार सिंहको परिवारमा शोक परेकोले आज बिदा दिइएको अध्यक्ष बरईले जानकारी दिए। हालै भएको स्थानीय चुनावमा अध्यक्ष र उपाध्यक्ष जनता प्रगतिशील पार्टीका उम्मेदवार निर्वाचित भएका थिए।

विशेष