News

मुल्यवृद्धि बारे मन्त्री भन्छन्– सरकारले १० रुपैयाँ सस्तोमा बेचिरहेको छ

मुल्यवृद्धि बारे मन्त्री भन्छन्– सरकारले १० रुपैयाँ सस्तोमा बेचिरहेको छ

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुल्य वृद्धि गर्दा पनि सरकारले १० रुपैयाँ सस्तोमा पेट्रोलियम पदार्थ वेचिरहेको वताएका छन्।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकार बाध्य भएर मूल्य वृद्धि गरेको वताए ।

असार २ गते आएको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा पुगेको तर, सरकारले १० रुपैयाँ घटाएर १९९ रुपैयाँमा वेचिरहेको मन्त्री वडूले वताए । पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको उनको भनाई छ।

पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्न सक्ने अवस्थामा सरकार नरहेको उनले बताए। बढेर आएको मूल्यमा कर घटाएर १० रुपैयाँ मूल्य कम गरेको स्पष्ट पारे। मन्त्री बडूले सरकारले तत्कालको लागि १० रुपैयाँ भन्दा बढी घटाउन सक्ने स्थितिमा नरहेको जिकिर गरे।
 

मुल्यवृद्धि

विशेष