हवाई भाडा आकाशियो, काठमाडौँ–धनगढीको भाडा १६ हजार ८ सय
![हवाई भाडा आकाशियो, काठमाडौँ–धनगढीको भाडा १६ हजार ८ सय](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/hawai.jpg)
सरकारले इन्धनमा मूल्यवृद्धि गरेसँगै हवाई भाडा आकासिएको छ। बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरिएको हो।
नेपाल वायु सेवा सञ्चालक संघले सोमबार एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको भाडा वढेको जानकारी गराएको हो । नयाँ मूल्य अनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढीको भाडा एक व्यक्तिबाट अधिकतम १६ हजार ८०५ रुपैयाँसम्म पर्ने छ।
सबैभन्दा कम भाडा काठमाडौँ–सिमरा ७० रुपैयाँले बढेको छ। अव अधिकतम ४ हजार १९५ रुपैयाँ तोकिएको छ । आइतबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य समेत प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो ।