News राजनीति

अमेरिकाबाट फर्के लगत्तै बामदेवले किन वोलाए पार्टी एकता अभियानको भेला ?

अमेरिकाबाट फर्के लगत्तै बामदेवले किन वोलाए पार्टी एकता अभियानको भेला ?

अमेरिकाको ५ दिने भ्रमण सकेर फर्केका राष्ट्रिय सभा सदस्य बामदेव गौतमले ‘पार्टी एकता अभियान’ को राष्ट्रिय भेला बोलाएको छन् । उनले अगामी ११ असारमा ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला बोलाइएका हुन्।

पाँच दिने अमेरिका भ्रमण सकेर केही दिनअघि मात्रै नेपाल फर्किएका गौतमले तीन वटै कम्युनिष्ट पार्टीलाई एकताका निम्ति पहल कदमी बढाउन राष्ट्रिय भेला बोलाइएको जनाईएको छ। उनले अमेरिकाबाट फर्केलगत्तै राष्ट्रियसभा बैठकमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अघि बढाएको टिप्पणी गरेका थिए।

गौतम तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि कुनै समूहमा पनि नलागि आफ्नै नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेर अघि वढेका छन्। ०७७ माघ १४ गते घोषणा भएको अभियान त्यसपछि निष्कृय छ ।

गौतमले कम्युनिष्ट एकताका लागि तीन वटा विकल्प अघि सारेका छन् । उनले नेकपाको (एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी) पुनर्गठन गर्नु पर्ने वताएका छन् भने त्यो सम्भव नभए सहमत हुनेहरुबीच एकता वा सहकार्य गर्न सकिने वताएका छन्।

आउने राष्ट्रिय भेलाले केन्द्रीय संयोजन समिति गठन गरेर पार्टी एकताका लागि वार्ता कमिटी गठन गर्ने जनाइएको छ । गौतमले विशेष गरी संघीय संसदमा रहेका तीन ठूला एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मिलाउने प्रयास गर्ने वताईरहेका छन्।

एकता सम्भव नभए सहमत हुनेहरुबीच एकीकरण गर्ने र त्यो पनि सम्भव नभए आफ्नो विचारसँग निकट हुने पार्टीसँग सहकार्य गर्दै एकताको पक्षमा अभियान चलाइरहने उनको भनाई छ।
 

बामदेव गौतम

विशेष