News

मुल्य वृद्धिको विरोधमा प्रदर्शन, प्रहरी र विद्यार्थीबीच झडप

मुल्य वृद्धिको विरोधमा प्रदर्शन, प्रहरी र विद्यार्थीबीच झडप

इन्धनमा भएको मुल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रिएका अनेरास्ववियूका विद्यार्थी र प्रहरीबीच काठमाडौंको त्रि–चन्द्र क्याम्पस अगाडि झडप भएको छ। 

विद्यार्थीहरूले त्रिचन्द्र क्याम्पस अगाडि मसाल जुलुससहित प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। मसाल बाल्ने क्रममै प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको जनाईएको छ।

प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग‚ वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूको पुत्ला दहन गरेका थिए । सो क्रममा प्रहरी र प्रदर्शकारीबीच ठेला ठेल हुँदा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले लाठीचार्ज र केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ। 

प्रदर्शनकारीले सवारी साधनमाथि तोडफोडसमेत गरेका छन्।

सरकारले गएराति पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा २७÷२७ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । जसअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १ सय ९२ रुपैयाँ पुगेको छ ।
 

मुल्यवृद्धि

विशेष