News विदेश

सन् २०२६ सम्ममा भारतको दीगो लगानी १२५ बिलियन डलर पुग्‍ने

सन् २०२६ सम्ममा भारतको दीगो लगानी १२५ बिलियन डलर पुग्‍ने

नयाँ दिल्ली । जलवायु परिवर्तनको सजगताले विश्वव्यापी लगानीकर्ताहरूलाई दिगो लगानीलाई प्राथमिकता दिई दीर्घकालीन वित्तीय प्रतिफलका लागि मात्र नभई सकारात्मक सामाजिक प्रभावहरू पनि प्रदान गरेको छ।

संयुक्त राज्य अमेरिकामा व्यवस्थापन अन्तर्गतको सम्पत्तिको एक तिहाइ र विश्वव्यापी रूपमा ३६ प्रतिशत स्थायित्वमा लगानी हुँदा भारतीय दिगो लगानीमा पनि वृद्धि हुने भएको छ। 

निजी इक्विटी र भेन्चर क्यापिटलमार्फत १०-१५ प्रतिशत दीगो लगानी बनाइएको जनाएको छ। बेनोरी नलेजको रिपोर्ट अनुसार दीगो लगानी पछिल्लो समय वृद्धि भइरहेको जनाएको छ। पीई र भीसीको लगानीको अवस्था हेर्दा सन् २०२६ सम्ममा दीगो लगानी १२५ बिलियन अमेरिकी डलर पुग्‍ने जनाएको छ। 

बेनोरी अनुसन्धानका अनुसार दीगो लगानीमा नविकरणीय उर्जा, एग्रीटेक, ई-मोबिलिटी र वेस्ट म्यानेजमेन्टलगायतका क्षेत्रमा भइरहेको छ। ई-मोबिलिटीमा पनि दीगो लगानी बढ्दै गइरहेको पाइएको छ। 

विशेष