News

अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित ९ जना निलम्बित

अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित ९ जना निलम्बित

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ। आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई अनिश्चितकालका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

उनीहरुमाथि संगठनविरोधी गतिविधि गरेको आरोप लागेको छ। उनीहरुलाई अनिश्चितकालका लागि निलम्बन गरिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए।

तीनकुनेस्थित एक ब्याक्वेटमा जारी अखिल क्रान्तिकारीको आइतबारको बैठकमा कुटाकुट भएको थियो। बैठकमा उपाध्यक्ष कार्कीको समूहले नाराजुलुससहित विवाद भएपछि कुटाकुट भएको हो। फ्याक्सन इन्चार्ज हितमान शाक्यको राजीनामा माग गर्दै नाराबाजी कालोमोसो दल्न खोजेपछि कार्की लगायतलाई प्रहरीले बैठक हलबाट निकालेको थियो।

कार्की सहितका विद्यार्थी नेताहरूलाई बाहिर निकालेपछि क्रान्तिकारीको बैठक सुरू भएको थियो। बैठकले ९ जनालाई निलम्वन गर्ने र अखिल क्रान्तिकारीका सदस्य संख्या १२ लाख पु¥याउने निर्णय गरेको छ। 
 

अनेरास्ववियु क्रान्तिकारी पवन कार्की

विशेष