News राजनीति

रवी लामिछानेका दाई हरिशरण पनि राजनीतिमा, काठमाण्डौं ३ मा उम्मेदवारी

रवी लामिछानेका दाई हरिशरण पनि राजनीतिमा, काठमाण्डौं ३ मा उम्मेदवारी

सञ्चारकर्म छोडेर पूर्णकालिन राजनीतिमा लागेको घोषणा गरेका रवि लामिछानेका दाई हरिशरण लामिछानेले काठमाण्डौं ३ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने घोषणा गरेका छन् । रवीले मंगलवार कार्यक्रमको आयोजना गरेर उम्मेदवारी बारे सम्पुर्ण जानकारी दिने वताईरहेका वेला हरीले एकदिन अगाडि नै उम्मेदवारी घोषणा गरेका हुन।

हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको एलायन्स’ पनि घोषणा गरेका छन् । एलायन्सको तर्फबाट प्रेस नोट जारी गर्दै उनले आफू काठमाडौं–३ बाट, रन्जु दर्शना काठमाडौं–५ बाट, पुकार बम काठमाडौं–१ बाट, सुमन सायमी काठमाडौं–८ बाट र विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव लड्ने घोषणा गरेका छन्।

उनले काठमाडौं बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन्। लामो समय रेडियो नेपालमा काम गरेर हरिसरणले अव सक्रिय राजनीति गर्ने वताएका छने । स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरू एकै क्षेत्रमा नदोहोरिउन भनेर सञ्जाल बनाएर छलफल गर्न थालिएको लामिछानेले बताए।

स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहनेहरूले यही असार १७ र १८ मा राष्ट्रिय भेला गर्ने उनले बताए। आफू बहुदलीय राजनीतिक पार्टीहरू विरूद्ध भने नउभिएको उनले बताए।

भाइ रवि पनि यही क्षेत्रमा चुनाव लड्ने चर्चाबारे भने आफूलाई जानकारी नभएको हरिशरणले बताए। उनका अनुसार रविले पार्टी खोल्न सक्छन्। रविले राजनीतिमा आउँदा स्वतन्त्रहरूलाई जोड्ने बताएका थिए। रवीले स्वतन्त्रबाट उठ्ने सोच नरहेको बताउँदै स्वतन्त्र उम्मेदवारहरुसँग पनि समन्वय गर्ने वताएका थिए ।
 

रवि लामिछाने हरिशरण लामिछाने

विशेष