News

एमालेको दावीः इन्धनमा २ पटक मुल्य वृद्धि हुँदा ४१ करोड घोटाला

एमालेको दावीः इन्धनमा २ पटक मुल्य वृद्धि हुँदा ४१ करोड घोटाला

नेकपा एमालेका सांसदहरुले पेट्रोलिम पदार्थको मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेका छन् । एमाले सचिव पद्मा अर्यालले सोमवार प्रतिनिधि सभाको वैठकमा बोल्दै पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरेर करोडौंको भ्रष्टाचार गरिएको वताईन।

पम्पमा अघिल्लो दिन पेट्रोल र डिजल भरेर भोलिपल्ट मूल्यवृद्धि गर्ने गरिएको भन्दै उनले आपत्ति जनाईन। आइतबार दिउँसो सबै पेट्रोल पम्पमा पेट्रोल र डिजल पठाएर राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाईएको भन्दै उनले चलखेलको आरोप लगाईन।

उनले स्टक क्लियर नगरी मूल्यवृद्धि गरेर करोडौं घोटाला गरेको जिकिर गरिन् । आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजल स्टक थियो रहेको वताएकी उनले आइतबार रातिदेखि मूल्यवृद्धि गर्दा व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपैयाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार नाफा हुने दावी गरिन्।

जेठमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा स्टक क्लियर नगरी मूल्यवृद्धि गरी २२ करोड घोटाला गरेको अर्यालको आरोप छ। उनले ‘यो रकम सीमित व्यक्तिको खल्तीमा मात्र गएको छ कि मन्त्रीको भागमा पनि परेको छ’ भन्दै प्रश्न गरिन।

उनले यस विषयमा मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने वताईन। ‘आज नै जवाफ दिनको निम्ती मन्त्रीलाई रुलिङ गर्नको निम्ती माग गर्दछु’– उनले भनिन्। त्यसपछि एमाले सांसदहरूले सिटबाट उठेर संसद् अवरोध गरेका थिए ।

एमाले सांसद उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई मूल्यवृद्धिबारे जवाफ दिन रुलिङ गरेका थिए । 
 

मूल्यवृद्धि मुल्यवृद्धि

विशेष