News अर्थ बैंकिङ

घातक रोगका कारण निधन भएका खातावालालाई १० विमा रकम हस्तान्तरण

घातक रोगका कारण निधन भएका खातावालालाई १० विमा रकम हस्तान्तरण

एनआईसी एशिया बैंकले घातक रोगका कारण निधन भएका कपिलवस्तुको तौलिहवा शाखाका सेवाग्राही गुजराती राईदासको परिवारलाई विमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। गुजरातीलेले तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता खोलेकी थिइन।

‘डायमण्ड श्रेणी’ का खातावाला गुजरातीको निधन भएपछि सो वापत पाउने रकम उनका पति भगौतीप्रसाद राईदासलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ। विमा रकमको चेक नेको इन्स्योरेन्ससँगको सहकार्यमा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले हस्तान्तरण गरेका छन् ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकले घातक रोग बीमा वापत १ करोड ८० लाख, दुर्घटना बीमा वापत ३ करोड र मेडिकल बीमा वापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले वताए ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता सञ्चालन गरिरहेको छ।

यो योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सीपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवम् निजले मनोनित गरेका ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

एनआईशीले हाल ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ। देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको दावी गरिएको छ ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको र यो कार्य मुलुकका वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको बैंकको दावी छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी एनआईशीले सेवा दिदै आएको छ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको जनाएको छ ।
 

विशेष