रवि लामिछानेका दाजुभाईमा किन सुरु भयो रडाको ?
![रवि लामिछानेका दाजुभाईमा किन सुरु भयो रडाको ?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/rabi-lamichhane-b46de.jpg)
आफनो उर्वर समय पत्रकारिता क्षेत्रमा विताएका रवि लामिछाने एकाएक राजनीतिमा हामफालेपछि नयाँ–नयाँ दृष्यहरु देखिन थालेका छन् । सवै भन्दा रोचक पक्षका त रवि र उनका दाजु हरिशरण बीचको सम्वन्ध देखिएको छ।
एक सातादेखि देखिएको उनीहरुको कृयाकलाप साँच्चै रोजक र आश्चर्य लाग्दो छ। ग्यालेक्सी टेलिभिजनको सिधा कुरामा आफुलाई ब्यस्त राखेका रविले असारको सुरुवातमै एक तमासले पत्रकारिता छोडेको र फुल टाईमर राजनीतिज्ञ भएको घोषणा गरे।
आफूले राजनीतिमा लाग्ने निधो गरेको जनाउँदै दलबाट की स्वतन्त्र उम्मेदवारी दिने भन्ने विषय चै असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर प्रस्ट पार्ने उनले वताए।
तर, असार ७ गते आउनु भन्दा एक दिन अघि नै सोमवार रविका दाजु हरिशरणले चै काठमाण्डौं ३ बाट आफनो उम्मेदवारी घोषणा गरे। असार १७–१८ मा राष्ट्रिय भेलाको तयारी गरिरहेको ‘स्वतन्त्र उम्मेदवार अभियान’ सँग सल्लाह नगरी हरिशरणले सुमन सायमी, पुकार बम, विश्व साइकल यात्री पुष्कर शाह हरुको सामुहिक तस्बिर सार्वजनिक राखेर उम्मेदवार बन्ने घोषणा गरेपछि अर्को दृष्य खडा भयो।
उनले प्रतिनिधि सभामा उम्मेदवार बन्न चाहने स्वतन्त्रहरूको अलाइन्स बनाएको बताएका थिए भने भाइ रविको राजनीतिलाई उनले फिल्मी शैली भनेका थिए। ‘स्वतन्त्र उम्मेदवार अभियान’ का एक अभियन्ताले राष्ट्रिय भेलाले ठोस निर्णय नगरिकन कसैलाई पनि उम्मेदवार घोषणा नगर्ने वताएपछि हरिशरणले रविलाई उछिन्न कै लागि उम्मेदवारी घोषणा गरेको देखियो।
यो घट्नाले रविका समर्थकहरुको मनमा चिसो पस्यो। तर, रविले भने यसलाई ‘दाईले मेरो लागि सिट सुरक्षित राखि दिनु भएको होला’ भन्दै प्रतिक्रिया दिए ।
असार ७ गते अर्थात आज रविले राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरे। पार्टी घोषणा कार्यक्रममा उनले आफनो पार्टीमा प्राइमरी निर्वाचन हुने, पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था गर्ने, डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने, परिवारवादलाई पूर्ण रूपमा निषेध गर्ने र भ्रातृसंगठन र कार्यकर्तारहितरको पार्टी वनाउने घोषणा गरे।
रविको यो घोषणाले सवैभन्दा वढि उनकै दाई हरिशरणलाई पिर परेको देखिएको छ। रविले आफनो पार्टीका विशेषता सुनाएको केही समयपछि नै हरिशरणले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत हरिशरणले लेखेका छन्, ‘राजनैतिक रुपले त्यो पार्टी (‘राष्ट्रिय स्वतन्त्र पार्टी)मा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।’
हरिशरणले फेसबुकमा लेखेका छन् :
जननी जन्मभूमि स्वर्गादपी गरियसी
नैतिक न राजनैतिक ?
नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई । पार्टीको नीतिअनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो । यस क्रममा मनमा लागेको एउटा रोचक कुराः
कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसँग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।
दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन । राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।
स्वतन्त्र र दलगत राजनितिका लागि मसग अपार अवसर र सम्भाबना छन् । बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन । नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहनेछ ।
‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’
यो पनि,
- पार्टी सञ्चालन गर्न ब्यापारीसँग चन्दा नउठाउने रवि लामिछानेको घोषणा
- रवीले नयाँ पार्टी खोल्ने, पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’
- रवी लामिछानेका दाई हरिशरण पनि राजनीतिमा, काठमाण्डौं ३ मा उम्मेदवारी
- कुन क्षेत्र र कुन पार्टीबाट चुनाव लड्दैछन रवि लामिछाने ?