News

मन्त्रीको लाचारीः महंगी नियन्त्रण गर्न सरकारले सक्दैन

मन्त्रीको लाचारीः महंगी नियन्त्रण गर्न सरकारले सक्दैन

सरकारले पेट्रोलियम पदार्थमा गरेको पटक पटकको मुल्यवृद्धिको असर अहिले वजारमा परेको छ। नुनदेखि सुनसम्मका हरेक सामग्रीको भाउ छोई सक्नु छैन। 

महंगी नियन्त्रण गर्न सरकारमा चर्को दवाव छ। तर, सरकारले भने मुल्यवृद्धि नियन्त्रण गर्न नसक्ने भन्दै हात उठाएको छ। सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलवार पोखरामा आयोजित एक कार्यक्रममा महंगी नियन्त्रण सरकारको नियन्त्रणमा नरहेको बताए ।

पेट्रोलियम पदार्थको भाउ बढेसँगै बजारमा महंगी बढेको र त्यसको मूल्य निर्धारण सरकारको नियन्त्रणमा नरहेको उनको भनाइ छ । ‘महंगी केवल हाम्रो मात्रै हातमा छैन । अहिले पेट्रोलको भाउ वृद्धि भएको छ । कसरी यसको मूल्य निर्धारण हुँदो रहेछ, तपाईंहरुलाई थाहै छ,’ उनले भने, ‘तर, पेट्रोललाई विस्थापित गर्ने साँचो हाम्रै खल्तीमा छ । त्यो साँचो चलाउनुप¥यो ।’

ऊर्जाको क्षेत्रमा भईरहेको विकासले अबको २ वर्षपछि आत्मनिर्भरमात्रै होइन, खपत बढाउन वा भारतमा निर्यात गर्न नसके अर्बौंको ऊर्जा खेर जाने पनि उनले वताए । 

ज्ञानेन्द्रबहादुर कार्की

विशेष