News

अन्तर्राष्ट्रिय योग दिवसमा यस्तो झिलिमिली देखियो धरहरा 

अन्तर्राष्ट्रिय योग दिवसमा यस्तो झिलिमिली देखियो धरहरा 

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सुन्धारास्थित नवनिर्मित धरहरा बत्तीले सजाईएको छ। 

मंगलबारको अन्तर्राष्ट्रिय योग दिवसको अघिल्लो रात धरहरालाई बत्तीले सजाईएको हो। धरहरा झिलिमिली देखिएको छ।

११ तले धरहरामा डिजिटल प्रविधिको प्रयोग गरेर योग दिवसको प्रचार गरिएको छ । ‘अन्तर्राष्ट्रिय योग दिवस’ लेखिएको रंगीन प्रचारले धरहरा सुन्दर देखिएको छ । धरहराको दृश्य टाढाबाट निकै आकर्षक देखिएको स्थानीयहरु वताउँछन्।

विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र सङ्घले स्वीकार गरेपछि जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाउन थालिएको हो ।

मंगलवार विभिन्न कार्यक्रमको आयोजना गरी नेपालमा योग दिवस मनाईएको छ।  


 

धरहरा

विशेष