News अर्थ बैंकिङ

माछापुच्छ्रे बैंक र विभिन्न ल्याव तथा क्लिनिकबीच स्वास्थ्य सेवामा छुट दिने सम्वन्धि सम्झौता

माछापुच्छ्रे बैंक र विभिन्न ल्याव तथा क्लिनिकबीच स्वास्थ्य सेवामा छुट दिने सम्वन्धि सम्झौता

माछापुच्छ्रे बैंक र महाराजगञ्ज स्थित काठमाडौं प्याथल्याव एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि एवम् ग्यालेक्सी स्पेसियालिटि क्लिनिक प्रालिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौं प्याथल्याव एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ। त्यसैगरी, ग्यालेक्सी स्पेसियालिटि क्लिनिक प्रालिबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधाहरुमा पनि २५ प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट–के्रडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने जनाईएको छ। बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

विशेष