पल शाहको मुद्दामा उच्चमा पनि बहस सकियो, जेल जान्छन की छुट्छन् ?

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग लागेका नायक पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको सुनुवाइको बहस सकिएको छ ।
न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो । आरोपित पल तनहुँ कारागारमा छन् ।
कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए । पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनीहरूको माग छ ।
यसअघि उच्च अदालत पोखराले शाहलाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात माग गरेको थियो।
शाहले १५ चैतमा दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले कागजात माग गरेको थियो। शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध दिएको निवेदनको १६ चैतमा प्रारम्भिक सुनुवाइ भएको थियो।
जिल्ला अदालतले शाहलाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । नायक शाहले विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै नावाकिलाका पिताले ११ फागुनमा तनहुँ प्रहरीमा उजुरी दिएका थिए। शाह १५ फागुनमा प्रहरी हिरासतमा पुगेका थिए।
शाह प्रहरीको सम्पर्कमा पुगेकै दिन पीडित नाबालिकाका पिताले नवलपुरमा प्रहरीमा पनि बलात्कारको उजुरी दिएका थिए।
नवलपुरस्थित एक रिसोर्टमा एक वर्षअघि आफुलाई शाहले बलात्कार गरेको उजुरीमा उल्लेख छ। तर, पछि बयान फेर्दै पीडित होस्टाईल भएकी थिईने।