News

विहारमा नेपाली रेलमा आगो लागेपछि यात्रुको भागाभाग

विहारमा नेपाली रेलमा आगो लागेपछि यात्रुको भागाभाग

नेपाली रेलमा विहिवार दिउँसो आगो लागेको छ।  रेलमा आगो लागेर भएको क्षतिबारे एकीन भएको छैन।

भारतीय क्षेत्रबाट जनकपुर आउँदै गरेको रेलको एउटा डिब्बामा आगो लागेको जनाईएको छ। बिहारस्थित जयनगर स्टेशनबाट नेपाल आउने क्रममा आगो लागेको हो।

दुई जना नेपाली महिलाले बोकेको एसिड पोखिएपछि रेलको एउटा डब्बामा आगो लागेको थियो। ह्वार्र आगो लागेपछि यात्रुहरुको भागाभाग भएको थियो। यद्यपी आगो तत्कालै नियन्त्रणमा लिईएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले वताए ।

प्रतिबन्धित एसिड बोकेका दुईजना महिलालाई भने भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर हिरासतमा लिएको थियो। ती नेपाली महिलाहरुलाई अहिले नेपाल प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ।

जयनगर स्टेशनमा लागेको आगो निभाएर अहिले रेल जनकपुर आइसकेको झाले वताए । 

विशेष