News

पल शाह थुनामै

पल शाह थुनामै

नायक पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई उच्च अदालत, पोखराले पनि सदर गरेको छ ।

तनहुँ र नवलपुर जिल्ला अदालतको आदेश विरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए । तनहुँ र नवलपुर अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको जनाईएको छ।

तनहुँ जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिँदा परिर्वतन गरिहनु पर्दैन भन्ने आदेश भएको उच्च अदालत प्रशासनले जनाएको छ। 

यो पनि,

पल शाहको मुद्दामा उच्चमा पनि बहस सकियो, जेल जान्छन की छुट्छन् ?
 

विशेष