News

प्रवासिको मताधिकारका लागि कांग्रेसका महामन्त्री शर्मा र थापा निर्वाचन आयोग जाँदै

प्रवासिको मताधिकारका लागि कांग्रेसका महामन्त्री शर्मा र थापा निर्वाचन आयोग जाँदै

नेपाली कांग्रेसले प्रवासी नेपालीलाई पनि मताधिकारको ब्यवस्था मिलाउन निर्वाचन आयोगसँग परामर्श गर्ने भएको छ। त्यसका लािग काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाँदैछन् ।

उनीहरुले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउने जनाईएको छ। विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए । 

यस विषयमा थापा र शर्माले सोमबार प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गरेका थिए । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ । तर आयोगले विदेशमा भएका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन सकेको छैन ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी नेपालीलाई मतदान गर्ने पाउने गरी प्रबन्ध मिलाउनु पर्ने भन्दै महामन्त्री थापा र शर्माले पहल थालेका छन् ।
 

विशेष