News

जसले आफनै प्रेमीकालाई लठ्याएर बलात्कार गरी नगद र गहना लुटे

जसले आफनै प्रेमीकालाई लठ्याएर बलात्कार गरी नगद र गहना लुटे

आफ्नै प्रेमीकालाई नशालु पदार्थ खुवाएर बलात्कार गरी एक लाख रुपैयाँ लेटेको आरोपमा काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका ३० वर्षिय आशिष भनिने विवश तामाङ पक्राउ परेका छन्।

काठमाडौंको भोटेबहाल स्थित गेस्ट हाउसमा लगेर प्रेमीकालाई बलात्कार गरी नगद र सुनका गहना लुटेको आरोपमा असार ५ गते प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार तामाङले जेठ २९ गते पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेपछि १ लाख नगद र २ तोला सुन लुटेर भागेका थिए।

ईमोमार्फत चिनजान भएकी युवतीलाई विवशले ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएका थिए । भेट हुँदासम्म युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।

विवाह गर्ने भनेर वोलाएपछि ति युवती आफुसँग भएको नगद र गहाना बोकेर भागेकी थिईन। तर, आरोपीले उनलाई गेष्ट हाउसमा लिएर गए। पूर्वयोजना अनुसार गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोवाइल नम्बर इन्ट्री गराएका थिए । बलात्कारपछि त्यो मोवाइल पनि उनैले लिएर भागेको प्रहरीले जनाएको छ।

आरोपीलाई बलात्कार र चोरी मुद्दामा प्रहरी वृत कालीमाटीले ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । 
 

विशेष