News

सरकारले पेट्रोलियम पदार्थमा २० रुपैयाँ बढाएर १० रुपैयाँ मुल्य घटायो

सरकारले पेट्रोलियम पदार्थमा २० रुपैयाँ बढाएर १० रुपैयाँ मुल्य घटायो

सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर २० रुपैयाँ मुल्यवृद्धि गरेर १० रुपैयाँ घटाएको छ।

नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो । डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय निर्णय भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।

अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत नै पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेका थिए।

खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।

विशेष