News

रवीले नयाँ पार्टी खोल्ने, पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

रवीले नयाँ पार्टी खोल्ने, पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

ग्यालेक्सी टेलिभिजन र वर्षौको पत्रकारिता यात्रालाई विराम लगाएर राजनीतमा आएका रवि लामिछाने अहिले भएका कुनै पनि दलमा आफु प्रवेश नगर्ने घोषणा गरेका छन् ।
 
राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने र आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए । आफू नयाँ दल बनाएर अघि बढ्ने तयारीमा रहेको खुलाएका उनले पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने पनि घोषणा गरे।

अहिले भएका दलले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए ।

आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको उनले वताए । आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको उनले स्पष्ट पारे।


 

रवि लामिछाने

विशेष