News

पार्टी सञ्चालन गर्न ब्यापारीसँग चन्दा नउठाउने रवि लामिछानेको घोषणा

पार्टी सञ्चालन गर्न ब्यापारीसँग चन्दा नउठाउने रवि लामिछानेको घोषणा

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका रवि लामिछानेले पार्टी सञ्चालनका लागि व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा गरेका छन् ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गर्दै पार्टी आफनो पार्टीमा कुनै पनि भ्रातृ संगठन नहुने र पार्टी चलाउन चन्दा नउठाउने घोषणा गरे।

पार्टीमा कोही पनि कार्यकर्ता नहुने  र सबै सदस्य मात्र हुने उनले बताए । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए । पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताए।

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री तथा ‘राइट टु रिकल’को व्यवस्था गर्ने वताए । प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने उनको अवधारणा छ ।

स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको सुनाए । 

पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन्। उनले पार्टीमा चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको जानकारी दिए। आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनको तयारी छ।
 

रवि लामिछाने

विशेष