News

न्यायाधिश र वकिलको अडियो प्रकरण छानविन गर्न समिति गठन

न्यायाधिश र वकिलको अडियो प्रकरण छानविन गर्न समिति गठन

इच्छाराज तामाङलाई १० करोड धरौटीमा छोड्न २ करोडको डिल गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको अडियो प्रकरण छानविन गर्न समिति गठन भएको छ।

बुधबार बसेको न्यायपरिषद्को बैठकले घूस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरणबारे छानविन गर्न न्यायपरिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानविन समिति वनाएको हो।

उक्त प्रकरणमा न्यायाधीश कोइरालाले भने आफूले अनुचित कार्य नगरेको दाबी गर्दै न्यायपरिषद्बाट छानिबनको माग पनि गरेका छन् । उनले छानविनमा पूर्ण सहयोग गर्ने पनि बताएका छन् । ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन ।’ उनले फेसवुकमा लेखेका छन्–‘विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्याय परिषद्बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।’
 

विशेष