News स्वास्थ्य

काठमाण्डौंमा पानीबाट हैजा फैलिएको पुष्टि, पानीमा कहाँबाट आयो दिसामा पाईने जीवाणु ? 

काठमाण्डौंमा पानीबाट हैजा फैलिएको पुष्टि, पानीमा कहाँबाट आयो दिसामा पाईने जीवाणु ? 

काठमाण्डौंका विभिन्न स्थानमा फेला परेका हैजाका विरामीले प्रयोग गर्ने गरेको पानीमा दिसामा पाइने जीवाणु कोलीफर्म तथा इकोली फेला परेको छ।

चिकित्सकका अनुसार दिसामा पाइने जीवाणु कोलीफर्म तथा इकोली भएको पानी पिउँदा मान्छेको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ । दिसामा पाइने जीवाणुले आउँ, झाडापखाला, जण्डिस लगायतका समस्या देखा पर्नुका साथै मिर्गौला तथा कलेजोमा पनि असर गर्छ ।

स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मनलाल दासका अनुसार उनीहरु मध्ये बागबजारमा फेला परेका दुई जनाले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । 

‘धारा र ट्युवबेलबाट आएको पानीको नुमना परीक्षण गरेका थियौं । रिर्पोटमा घातक जीवणु कोलीफर्म र इकोली नै भेटियो,’ डा. दासले भने । हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको उनले जानकारी दिए ।

महाशाखाका अनुसार अहिलेसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ । बुधबार डिल्लीबजारमा हैजाको नयाँ केस पुष्टि भएको छ । पुष्टि हुनेमा २ जना बागबजार एक÷एक जना डिल्लीबजार र सानेपाका छन् ।

महाशाखाका निर्देशक डा. दासका अनुसार बागबजार तथा अन्य हैजा देखिएको ठाउँका मानिसलाई अलर्ट गराईएको छ। ‘केसहरु एक ठाउँमा मात्रै छैन । ठाउँ–ठाउँमा देखिएको छ । अब आउटब्रेक हुनसक्छ’– उनले भने,
 

हैजा

विशेष