१४ वर्षिया नातिनीलाई यौनधन्दामा लगाउने हजुरआमा पक्राउ
![१४ वर्षिया नातिनीलाई यौनधन्दामा लगाउने हजुरआमा पक्राउ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/yondhanda.jpg)
अर्घाखाँचीको रन्धिखर्कमा हजुरआमाले नै १४ वर्षिया नातिनीलाई यौनधन्दामा संलग्न गराएको पाईएको छ। पीडित किशोरी स्वयमले प्रहरीमा उजुरी दिएपछि यो घट्ना सार्वजनिक भएको हो।
किशोरीले असार ५ गते प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीका अनुसार १४ वर्षीया नातिनीलाई यौन धन्दामा लगाएको आरोपमा एक महिला र उनीसँग मिलेमतो गरी किशोरीलाई बलात्कार गर्ने सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपाने पक्राउ परेका छन्।
उनले किशोरीकी हजुरआमा नाता पर्ने महिलासँगको मिलेमतोमा किशोरीलाई जेठ १ गतेदेखि लगातार बलात्कार गर्दै आएका थिए । प्रहरीका अनुसार जेठ १ गते राति ती महिलाले अभिभावकको स्विकृति र जानकारी विना किशोरीलाई लिएर गएकी छिन् ।
त्यस बेला उनले किशोरीलाई विभिन्न प्रलोभन दिएको पाईएको छ। घरबाट लिएर गएपछि उनले किशोरीलाई ओमप्रकाशको जिम्मा लगाएकी थिइन्। त्यसबापत युवकले किशोरी र आरोपी महिलालाई पैसा दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
त्यस यता ओमप्रकाशले ति किशोरीलाई कहिले आफ्नो घरमा र कहिले जंगलमा लगेर बलात्कार गरेको प्रहरीको अनुशन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अम्बरबहादुर थापाले बताए ।
पक्राउ परेका दुवै जना बिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा कारबाही प्रक्रिया अघि बढाएको थापाले जानकारी दिएका छन् ।