News

मुल्यवृद्धिको विरोध गर्दै धनगढीमा सरकारी सवारी साधन संचालनमा रोक

मुल्यवृद्धिको विरोध गर्दै धनगढीमा सरकारी सवारी साधन संचालनमा रोक

कैलालीमा सरकारी सवारी साधान संचालनमा बन्देज गरिएको छ। नेकपा एमालेका कार्यकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा रोक लगाएका हुन।

अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेका छन् । उनीहरुले सरकारी गाडिलाई ठाउँठाउँमा अवरोध गरिरहेका छन् ।

खास गरी सवारीसाधनमा जाने कर्मचारीहरूलाई यो निर्णयले सकस भएको छ। राष्ट्रिय युवा संघ धनगढी नगर किमिटीका संयोजक अविशेक नाथका अनुसार धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

ति गाडि साँझ ५ बजेपछि मात्र छोडिने उनले बताए । 

विशेष