News

अफगानिस्तानमा शक्तिशाली भुकम्प: भारतसम्म धक्का, २५० जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भुकम्प: भारतसम्म धक्का,  २५० जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भुकम्प गएको छ। भूकम्पबाट २५० जनाको मृत्यु र कम्तिमा १५० जना घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको र त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

एक जना स्थानीय अधिकारीले भुकम्पमा २५० जनाभन्दा बढीको ज्यान गएको बीबीसीसँग बताएका छन् । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् ।

भूकम्पबाट सबैभन्दा धेरै क्षति अफगानिस्तानको पक्तिका प्रान्तमा भएको छ । सम्बन्धित निकायलाई आपत्कालीन उद्धारका लागि तुरुन्त उक्त क्षेत्रमा जानका लागि वक्ता बिलाल करीमीले निर्देशन दिएका छन् ।

विशेष