News

रविको पार्टी दर्ता नहुँदै लफडामा, दल दर्ताको निवेदन खारेज गर्न माग

रविको पार्टी दर्ता नहुँदै लफडामा, दल दर्ताको निवेदन खारेज गर्न माग

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नहुँदै लफडामा परेको छ। लामिछानेले पार्टी दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा रविको पार्टी दर्ता नगर्न उजुरी दिएको हो । एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् ।

अभियानका संयोजक डम्बर साहुको हस्ताक्षरमा आयोगमा उजुरी दिईएको छ। उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ । रविले मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।

साहुले दिएको उजुरीमा लेखिएको छ, ‘स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको  स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’
 

रवि लामिछाने

विशेष