News

जनकपुर आईपुग्यो भारतीय धार्मिक पर्यटक वोकेको रेल

जनकपुर आईपुग्यो भारतीय धार्मिक पर्यटक वोकेको रेल

धार्मिक पर्यटक बोकेर मंगलबार साँझ दिल्लीबाट हिडेको भारतीय रेल जनकपुर आई पुगेको छ। ‘भारत गौरव पर्यटक रेल’ नाम दिईएको रेल बिहीबार दिउँसो जनकपुर रेल्वे स्टेशनमा आइपुगेको हो ।

यो रेल रामायण सर्किटअन्तर्गत पर्ने नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुर आइपुगेको हो । रेलमा ६ सय जना धार्मिक पर्यटक छन् ।

रेलका भारतीय पर्यटकलाई मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो, जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितकाले स्वागत गरेका छन् । उनीहरु सबैलाई बिहीबार जनकपुरमै बास बस्ने व्यवस्था मिलाइएको छ । उनीहरुलाई जानकी मन्दिर, धनुषाधाम दर्शन गराउनुका साथै साँझको गंगा आरतीमा समेत सहभागी गराइनेछ।

भारतका रेल मन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई रेलका पर्यटकलाई विदाई गरेका थिए । यो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतका कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देख्न सकिन्छ । 

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदा स्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भुत रचनालाई प्रवर्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्ट्याचु अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्वीरले सजाइएको छ।

यो रेलको दुईवटा डिब्बालाई विशेष रुपमा योग सम्बन्धि तस्वीर तथा सामाग्रीले सजाइएको छ जुन हालका वर्षहरुमा विश्वभर प्रचलित छन। 

यो रेलमा १४ वटा डिब्बा छन्। जसमध्ये केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवद्र्धन गर्ने किसिमका सामाग्री राखिएको छ। 

यो पनि,

‘भारत गौरव पर्यटक रेल’को उद्घाटन, ९ गते जनकपुर आउने

भारत गौरव पर्यटक रेल

विशेष