News

मुल्यवृद्धिको विरोध गर्दा प्रहरीसँग झडप

मुल्यवृद्धिको विरोध गर्दा प्रहरीसँग झडप

काठमाण्डौंमा इन्धनको मूल्यवृद्धिको विरोधमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले विहिवार मूल्यवृद्धिविरुद्ध बानेश्वरमा मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि झडप भएको हो ।

युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको थियो। ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा दे’ लगायत नारा लगाएका थिए । जुलुसले सडकनै अवरुद्ध भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा दुवै पक्षविच झडप भयो। झडपपछि त्यस क्षेत्रमा यातायात सञ्चालन हुन सकेको छैन ।

पछिल्लो चरणमा भएको मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १ सय ९९ र डिजेल, मट्टितेल १ सय ९२ पुगेको छ । इन्धनको मूल्यवृद्धिसँगै खाद्यान्न, यातायातलगायत क्षेत्रमा पनि महँगी बढेको छ ।

सरकारले गरेको पेट्रोलियम पदार्थको मूलयवृद्धि विरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्नेहरुले मूल्यवृद्धि तत्काल फिर्ता दिन माग गरे ।
 

विशेष