News

एक्लिदै विप्लब, ओमप्रकाशसहित ४ नेताले छाडे साथ

एक्लिदै विप्लब, ओमप्रकाशसहित ४ नेताले छाडे साथ

विप्लब नेतृत्वको नेकपाका चार जना नेताले सामुहिक राजिनामा दिएका छन् ।

पूर्व पोलिटव्युरो सदस्य सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुन, पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले राजीनामा दिएका हुन् ।

जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै उनीहरुले राजिनामा दिएका हुन। ‘‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं’ उनीहरुले भनेका छन्–‘नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं।’

पुनले अहिलेको नेतृत्व कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणको दिशामा जाने स्थिति नदेखिएपछि टुटफुट र विभाजित भएका कम्युनिष्ट शक्तिहरूको स–साना समूहलाई एकढिक्का वनाउन राजिनामा दिएको वताए ।

सडक, सदन र सरकारको मोर्चामा कम्युनिष्ट क्रान्तिकारी एकताबद्ध र बलियो हुन सकेनन् भने सम्राज्यवादीहरूले देश खाने स्थिति सिर्जना हुने भएकाले सबैलाई एकताबद्ध गर्न अभियान थालेको उनको भनाई छ।

उनीहरु माओवादी केन्द्रमा प्रवेश गर्ने सम्भावना देखिएको छ। पुनले पनि त्यो विषयमा छलफल जारी रहेको तर निष्कर्षमा नपुगेको वताए ।

विशेष