News

बेचिन लागेकी १३ वर्षिया बालिकाको उद्वार, एक भारतियसहित दुई जना पक्राउ 

बेचिन लागेकी १३ वर्षिया बालिकाको उद्वार, एक भारतियसहित दुई जना पक्राउ 

वेच्ने मनसायले भारत लैजान लागिएकी एक १३ वर्षिया बालिकाको सिमाक्षेत्रबाट प्रहरीले उद्वार गरेको छ।

झापाको विर्तामोड घर भएकी ती बालिकाको नेपाल– भारत सीमावर्ती क्षेत्र विराटनगर– १५ स्थित २ नम्बर गेट नजिकबाट उद्वार गरिएको हो । उनलाई नयाँ लुगाई किनी दिने र धेरै पैसा कमाई हुने ठाउँमा काम लगाई दिने प्रलोभन देखाएर भारत लान खोजिएको थियो।

विभिन्न प्रलोभनमा पारेर बालिकालाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा ती बालिकालाई उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले जानकारी दिए । बालिकालाई झुक्याएर बेच्न लान खोज्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

भारतको मुजफ्फरपुर घर भइ झापाको बिर्तामोडमा डेरा गरेर वस्ने २२ वर्षीय हिरा सहनी र बारा जिल्ला घर भएकी युवती पक्राउ परेका छन्। ति युवती सहनीको प्रेमीका भएको खुलेको छ।

सहनी र ती युवतीका विचमा दुई वर्षअघि सामाजिक सञ्जालमा चिनजान भएको थियो। सहनीले ति युवतीलाई बिर्तामोड बोलाएको र उनकै डेरामा पाँच दिन बसेको पाईएको छ। सहनीकै चिनजानकी १३ वर्षीय बालिकालाई उनीहरुले नयाँ लुगा किनिदिएको र विभिन्न प्रलोभन देखाएर भारत लान खोजेको प्रारम्भिक अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

विराटनगर ल्याएपछि ‘बोर्डरमा कसैले सोधे भने मेरा बाबुआमा कोही छैन । मेरो आफन्त भनेको यीनै दाजु दिदी  हुन’ भन्न लगाई लाने तयारी गरिएको खुलेको अनुशन्धानमा संलग्न एक प्रहरी अधिृतले जानकारी दिए ।

विशेष