News अर्थ रोजगार

विराटनगरका उद्योगी/ब्यवसायीले मागे अर्थमन्त्रीको राजिनामा

विराटनगरका उद्योगी/ब्यवसायीले मागे अर्थमन्त्रीको राजिनामा

विराटनगरका उद्योगी–व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजिनामा र सरकारको विरोध गर्दै आन्दोलन सुरु गरेका छन्। ट्रेड युनियनहरूको समेत पाएका उद्योगी व्यवसायीहरुले स्टिल र स्यानेटरी प्याडसँग सम्बन्धित माग सम्बोधन नगरेको भन्दै आन्दोलन थालेका हुन।

उद्योग संगठन मोरङको नेतृत्वमा आन्दोलनमा उत्रिएका उद्योगी÷ब्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मोरङको बुढीगंगा गाउँपालिकास्थित सुनसरी मोरङ औद्योगिक कोरिडोरमा भएको विरोध प्रदर्शन पछि उनीहरुले कोण सभा पनि गरेका छन्।

व्यवसायीले तिरेको करबाट सरकार चलेको तर सरकारले व्यवसायी र मजदुर मार्ने नीति लिएको उनीहरुको आरोप छ।  बजेटले समस्यामा परेका उद्योगका माग सम्बोधन नगरेकाले आन्दोलनमा उत्रनुपरेको उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले बताए।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले माग सुनुवाइ नगरिएपछि आन्दोलनको विकल्प नरहेको बताएका छन्।  आर्थिक विधेयक २०७९–२०८० मा जिआई वायर, वनस्पति घिउतेल र स्यानिटरी प्याड उद्योगका लागि त्रुटिपूर्ण व्यवस्था गरिएको भन्दै उनले स्वदेशी उद्योगहरू धरापमा परेको वताए ।

सरकारले बजेट पास भएको भोलिपल्टै त्यसलाई सच्याउने आश्वासन दिए पनि हालसम्म कुनै चासो नदेखिएको उनीहरुले वताए । आन्दोलनमा मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ (ससीएनआई) को सहभागिता छ। यस्तै चार मुख्य ट्रेड युनियनमा आवद्ध मजदुरहरु पनि सहभागि छन्।
 

अर्थमन्त्रीको राजिनामा

विशेष