News राजनीति

विप्लवका ४ नेता आउने भएपछि प्रचण्डको हाँक– वामपन्थीको पहिलो पार्टी बनाउँछौं

विप्लवका ४ नेता आउने भएपछि प्रचण्डको हाँक– वामपन्थीको पहिलो पार्टी बनाउँछौं

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका चार जना नेता माओवादी केन्द्रमा आउने सम्भावना वढेपछि अध्यक्ष पुष्पकमल दाहालले आउने चुनावमा आफनो पार्टीलाई वामपन्थीको पहिलो पार्टी बनाउने हाँक दिएका छन्।

बिहीबार ललितपुरमा आयोजित स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै दाहालले स्थानीय चुनावमै देशको दोस्रो र वामपन्थीमा पहिलो पार्टी बन्ने सम्भावना फुत्किएको पनि बताए । नेकपासमूह छोडेका ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरिरहेको कुरा सार्वजनिक भएसँगै दाहालको यस्तो भनाई आएको हो।

पुनसहित माओवादी प्रवेश गर्नेमा केन्द्रीय सदस्य शंकरबहादुर खड्का, दलबहादुर धामी, रमेश परियारको पनि नाम छ। खड्का संविधानसभा सदस्य हुन्। उनी केकपाको सेती ब्यूरो इन्चार्जको जिम्मेवारीमा थिए । धामी महाकाली इन्चार्ज र परियार कञ्चनपुर जिल्ला इन्चार्ज थिए ।

उनीहरुले सामुहिक राजिनामा दिएपछि दाहालले सार्वजनिक प्रतिक्रिया दिदै देशको दोस्रो र वामपन्थीको पहिलो पार्टी बने देशको बागडोर आफूहरुको हातमा आउने उनले बताए । ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ,’ उनले भने, ‘भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ । महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना छ । यसका लागि हामी सबैले मेहनत गर्नुपर्नेछ ।’

राजनीतिको चाबी माओवादीसँग भए पनि कि कांग्रेस कि एमालेसँग मिलेर जानुपर्ने बाध्यता रहेको बताएका दाहालले अव अरु चै हामीसँग मिल्न आउनुपर्ने ठाउँमा पुर्याउनुपर्ने वताए ।

स्थानीय तह चुनावमा आफूहरूले अपेक्षा गरेभन्दा कम सिट जिते पनि तेस्रो निर्णायक शक्तिका रूपमा रहेको उनले बताए ।

गठबन्धन ठीक ढंगले जाँदा र पार्टीले मेहनत गर्दा अव १७० देखि १७५ सम्म आउँने र एमालेको पनि १६०–१७० तिर झर्ने आँकलन गरेपछि १२२ सिटमा सीमित हुनु परेको उनले बताए। आफूहरूले आकलन गरेको भन्दा कम सिट जिते पनि अरूले भने माओवादीले यति सिट जित्छ भन्ने अनुमान नगरेको उनको भनाइ छ ।  
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष