News

एक पटक अझै प्रधानमन्त्री बन्ने प्रचण्डको लालसा 

एक पटक अझै प्रधानमन्त्री बन्ने प्रचण्डको लालसा 

दुई पटक प्रधानमन्त्री भएर विवादीत वन्दै राजिनामा दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै एक पटक प्रधानमन्त्री बन्ने लालसा देखाएका छन् । 

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रम मार्फत उनले एक पटक फेरी प्रधानन्त्री भए देशका तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्ने बताए । देशमा विद्यमान परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको बताएका उनले देशको नेतृत्व गर्न पाए अहिलेका विकृति माथि प्रहार गर्दै अघि बढने बताए ।


‘अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ। किनकी मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति’– उनले भने।

पहिलो पटक प्रधानमन्त्री वन्दा सपना हो कि विपना हो भन्दाभन्दै ९ महिना वितेको वताएका उनले दोस्रो कार्यकालमा भने गर्व गर्न लायक रहेको दावी गरे । ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिला बित्यो’ उनले भने–‘एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चनै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ ।’

उनी पहिलो पटक ०६५ भाद्रमा प्रधानमन्त्री निर्वाचित भएका थिए। प्रधान सेनापछि रुकमांगत कटुवाल प्रकरण राजीनामा दिएका थिए। यसैगरी, दोस्रो पटक २०७३ साउन २० प्रधानमन्त्री भएका थिए भने ०७४ जेष्ठ १७ पद छोडेका थिए।
 

विशेष