News

छापामार शैलीको निर्णयले आत्मसम्मामा चोट लाग्योः मन्त्री आले

छापामार शैलीको निर्णयले आत्मसम्मामा चोट लाग्योः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजिनामा दिन ४८ घण्टाको समय लिएका छन्। पार्टीले मन्त्री फिर्ता बोलाउन छापामार शैलीमा निर्णय गरेको भन्दै असन्तुष्टि ब्यक्त गरे।

शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले ४८ घण्टाभित्रै राजीनामा दिने बताएका हुन। एक पोलिटब्युरो सदस्यका अनुसार उनले ‘पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो। पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो’ भन्दै बताएका थिए।

पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको तर, पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिने वताए। एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन ।

४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । 
 

विशेष