News

एमालेका जनप्रतिनिधिद्वारा पोखराको नगर सभा वहिस्कार, रातो किताव पनि त्याते

एमालेका जनप्रतिनिधिद्वारा पोखराको नगर सभा वहिस्कार, रातो किताव पनि त्याते

पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् । बजेट प्रस्तुत हुनुअघि नै रातो किताब आएको भन्दै बैठक बहिस्कार गरेका हुन् । उनीहरुले रातो किताब समेत च्यातेका छन् । 

बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएकोमा एमाले जनप्रतिनिधिहरुले विरोध छ। महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । तर, एमाले दलको नेता राधिका शाहीले रातो किताब च्यात्दै बजेटमा आफूहरुको सहभागिता नहुने बताइन् ।

मेयर धनराज आचार्यले किताब मस्यौदामात्र भएको र अन्तिम रातो किताब नभएको बताए। तर, उपमेयर मञ्जुदेवी गुरुङ समेतले रातो किताब किन प्रकाशन गरियो भन्नेमा आफूसमेत अनभिज्ञ रहेको बताइन् । उनले रातो किताब किन भनियो भन्दै प्रश्नसमेत गरेकी थिइन् ।

मेयरले उनीहरुको असन्तुष्टि सम्वोधन गर्ने प्रयास गरेपनि जवाफबाट चित्त नबुझेको भन्दै एमाले जनप्रतिनिधिहरु पोखरा सभागृहबाहिर नाराबाजीमा उत्रिएका छन् । नगरसभा १) मिनेटका लागि स्थगित भएको छ। 
 

विशेष