News

नेकपा एसप्रति संग्रौलाको टिप्पणीः पार्टी बन्नै नपाई सकिने भयो यो झुण्ड

नेकपा एसप्रति संग्रौलाको टिप्पणीः पार्टी बन्नै नपाई सकिने भयो यो झुण्ड

लेखक खगेन्द्र संग्रौलाले नेकपा एकिकृत समाजवादी पार्टीलाई ‘झुण्ड’ को संज्ञा दिएका छन् । मन्त्री फेर्ने विषयले गम्भिर विवादमा रुमलिएको पार्टी प्रति तिखो ब्यंग्य गरेका उनले पार्टी बन्नै नपाई सकिने भयो भन्दै आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै संग्रौलाले ‘पार्टी बन्नै नपाई सकिने भयो यो झुण्ड’ भन्दै आलोचना गरेका छन्। उनले लेखेका छन्–‘पार्टीको नाम छ एकीकृत समाजवादी, त्यसमाथि जुरो हालेको छ कम्निस्टको। तर विचार र आचरणमा छ न एक पित्को एकीकृत, न समावादी, न कम्निस्ट। खाईपाई आएका मन्त्रीहरू गए बरू ज्यान जाओस् खान नछाड्ने, प्रस्तावित मन्त्रीहरू गए बरू ज्यान जाओस् नखाई नछाड्ने! पार्टी बन्नै नपाई सकिने भो है यो झुन्ड!’

नेकपा एमाले फुटाएर माधवकुमार नेपालले गठन गरेको यो पार्टीमा पछिल्लो समय मन्त्री फर्ने विषयमा तिव्र विवाद छ। सरकारमा रहेकाहरु मन्त्री छोड्दै नछोड्ने वताईरहेका छन् भने वरिष्ठ नेता झलनाथ खनालसहित प्रस्तावित मन्त्रीहरु कुनै पनि हालतमा मन्त्री वन्ने वताईरहेका छन् ।

वहालवाला मन्त्रीहरुले भने हिजो अध्यक्ष नेपाललाई भेटेर सरकार छोड्न ५ वटा सर्त अघि सारेका छन् । नयाँ मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने, गैरसांसदलाई मन्त्री बनाउन नहुने, एकै जिल्लाका २ जना मन्त्री बनाउन नहुने, राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने र राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खने सर्त उनीहरुले राखेका छन् ।

खगेन्द्र संग्रौला

विशेष