News राजनीति

देउवालाई झलनाथको धम्कीः पार्टीको निर्णय नमाने राम्रो हुँदैन

देउवालाई झलनाथको धम्कीः पार्टीको निर्णय नमाने राम्रो हुँदैन

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई धम्की दिएका छन् । पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यन्वयन नगरे त्यसको परिणाम राम्रो नहुने भन्दै उनले देउवालाई धम्क्याएका छन् ।

शुक्रवारको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले पार्टीको निर्णय मानेर प्रधानमन्त्रीले नेकपा एकिकृत समाजवादीका मन्त्री हेरफेर गर्नुपर्ने बताए । ‘मन्त्री फेर्ने विषयमा पार्टी सचिवालयले निर्णय गरी सकेको छ’ उनले भने–‘त्यसलाई पार्टी स्थायी कमिटीले अनुमोदन गरिसक्यो । आज पोलिटब्युरो त्यस विषयमा केही गरेन । केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ।’

पार्टीको निर्णय नमान्ने नेता कार्यकर्ता वा मन्त्री कोही हुन नसक्ने उनले वताए । त्यसका विरुद्ध पार्टीले आवश्यक कदम चाल्ने पनि उनको भनाई छ । अहिलेको मन्त्री हेरफेर गर्ने परिस्थिति पार्टीका लागि चुनौतिपूर्ण बनेको खनालले बताए ।

‘हाम्रो पार्टीले निर्णय गरी सक्यो । हामीले पुर्नविचार गर्ने ठाउँ छैन’ उनले भने–‘दायाँ बायाँ यता उता फुल स्पट कमा केही गर्ने ठाउँ छैन। आफैले गरेको निर्णय आफैले उलंघन गर्ने हो भने पार्टी चल्दैन । पार्टी भनेको अनुशासनमा चल्नुपर्छ ।  पार्टीले गरेको निर्णय सबैले मान्नुपर्छ । पार्टीले गरेको निर्णय गरियोस् ।’

‘प्रधानमन्त्रीले पार्टीको निर्णय नमानेमा त्यसको परिणाम राम्रो हुँदैन’ भन्दै उनले प्रधानमन्त्रीसहित गठबन्धनले समेत एकीकृत समाजवादीको निर्णय कार्यान्वयनमा सघाउनु पर्नेमा जोड दिए । 
 

विशेष