नेकपा एसमा यसरी चर्किदैछ माधव नेपाल र प्रेम आलेको शक्ति संघर्ष

मन्त्री फेरवदलको विषयमा नेकपा एकिकृत समाजवादी भित्र तिव्र विवाद छ। मन्त्रबाट फिर्ता हुनु भन्दा आफनो शक्ति देखाएर अध्यक्ष माधवकुमार नेपाललाई दवावमा राख्ने रणनीति अनुशार शुक्रवार मात्रै वुझाईको ८ वुँदे माग पत्रले पनि यो कुरा पुष्टि गरेको छ।
१० जना सांसदहरुले शुक्रवार वुझाएको मागपत्रमा तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गरिएको थियो। तर, शनिवार ति मध्येका ६ सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आले, धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी छन् ।
पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको उनीहरुले बताए । तर, हस्ताक्षर फिर्ता लिने निर्णसँगै पार्टीभित्र मन्त्री आले र अध्यक्ष नेपालबीच शक्ति संघर्ष सुरु भएको नेताहरुले वताएका छन् ।
एक नेताका अनुसार सरकारबाट फिर्ता हुन निरन्तर दवाव र आलोचना हुन थालेपछि उनीहरूले अध्यक्ष नेपाललाई दबाबमा राखेर पदमा निरन्तर रहने रणनीति अनुसार माग पत्र बुझाएका थिए । आफूहरू बलियो रहेको देखाउनकै लागि उक्त कदम चालिएको थियो।
उनीहरु आफनो उदेश्यमा सफल भएका ति नेताको विश्लेषण छ। नेतृत्वले उनीहरुसँग आन्तरिक सहमति गरेर हस्ताक्षर फिर्ता त गरायो । तर, उनीहरुले सरकारमा पठाउने नयाँ मन्त्रीहरुको अर्को सूचि तयार पारेका छन् । यसअघि पार्टीले तयार पारेको सूचीभन्दा फरक सूची उनीहरूले अध्यक्ष नेपालसँग प्रस्ताव गरेका हुन् ।
ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गरेको एक मन्त्रीले जानकारी दिए । यी सवै नाम मन्त्री आले निकटका रहेको जनाईएको छ।
तीन साताअघि पार्टीको सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको थियो । हालका स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्ने तथा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने निर्णय गरेको थियो । हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा सरकारबाट बाहिरिने तयारीमा रहेका मन्त्रीहरूले आफूले छाड्ने शर्तमा आफैंले प्रस्ताव गरेका सांसदहरूलाई मन्त्रीहरू बनाउनु पर्ने अडान राखेका छन् ।
नेकपा एकिकृत समाजवादी