News

नेपाल आईपुगे भारतीय राजदुत श्रीवास्तव

नेपाल आईपुगे भारतीय राजदुत श्रीवास्तव

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाण्डौं आईपुगेका छन् । शनिबार दिउसो ४ बजे उनी काठमाडौं आईपुगेका हुन।

नेपालका लागि राजदूत नियुक्त हुनुअघि उनी भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको रुपमा कार्यरत थिए। यसअघिका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएपछि श्रीवास्तवलाई नेपालका लागि राजदूत नियुक्त गरिएको थियो।

प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि मे १७ अर्थात क्वात्रा भारतको विदेश सचिव नियुक्त भएको दुई हप्तापछि श्रीवास्तवलाई नेपालका लागि राजदुत नियुक्ति गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् ।

सन् १९९३ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका श्रीवास्तवले नेपालका लागि राजदूत नियुक्त हुनुअघि परराष्ट्र मन्त्रालय अन्तरगतको पूर्वी एशिया विभागको नेतृत्व गरिरहेका थिए । चीनसँगका विभिन्न चरणको कुटनीतिक वार्तामा उनले भारतीय प्रतिनिधिको नेतृत्व गरेका थिए । लद्दाखको सीमा क्षेत्रमा विवादपछि भारत र चीनबीच विवादको स्थिति छ । 

श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् । उनलाई चीन मामिलाका जानकारका रूपमा मानिन्छ । 

भारतीय राजदूत नवीन श्रीवास्तव

विशेष