News

गठवन्धनमा भित्रभित्रै सिगौंरीः पुरा हुन्छ त ओलीको ‘असार १७’ को भविष्यवाणी ?

गठवन्धनमा भित्रभित्रै सिगौंरीः पुरा हुन्छ त ओलीको ‘असार १७’ को भविष्यवाणी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वैशाखमा असार १७ पछि सत्ता गठवन्धन टुट्ने भविष्यवाणी गरेका थिए । पत्रकार विजयकुमारलाई दिएको एउटा अन्तर्वार्तामा अध्यक्ष ओलीले गठबन्धनलाई ‘ग्रहदशा लागेको’ दाबी गरेका थिए। 

यसैगरी, वैशाख २४ गते विराटनगर विमानस्थलमा प्रत्रकारसँग कुरा गर्ने क्रममा पनि उनले यही कुरा दोहो¥याए। उनले भनेका थिए–‘शेरबहादुरजी असाध्यै ज्योतिषीमा विश्वास गर्नुहुन्छ। त्यसो भए आफ्नो ज्योतिषीलाई बोलाएर सोध्नुस– जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ?’ 

स्थानीय तह निर्वाचनको परिणाम प्रतिकूल आउनाले गठवन्धनमा संकट सुरु हुने अनुमान लगाएका ओलीको भविष्यवाणी पुरा हुने परिस्थिती त देखिएको छैन। उनले संकेत गरेजस्तो गठबन्धन टुटिहाल्ने सम्भावना निकै कम छ। 

तर सत्ता गठवन्धनमा भित्रभित्रै सिगौंरी हान्ने क्रम भने सुरु भएको छ। नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनःको शनिवारको अभिब्यक्तिलाई ध्यान दिने हो भने अहिले गठवन्धनमा एक मत छैन।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल कांग्रेस र माओवादीले अपमान गरेको भन्दै कहिलै छुटाउँदैनन्। तर, आगामी असारसम्म गठवन्धन कायमै राख्नुपर्छ भनेर जोडवल गरिरहेका छन् । आउँने संसदीय चुनावमा एमालेलाई सम्पूर्णरुपले पराजित नगरेसम्म आफूहरुले गरेको विद्रोह र संघर्षको जित नहुने उनी वताउँछन्।

शनिवार पार्टीको केन्द्रीय कमिटी बैठकमा समापन भाषण गर्दै उनले नेकपा एसले एमालेसँग एकता र सहकार्य गर्ने भनेर कतिपयले प्रचार गरिरहेको भन्दै त्यो सम्भावना नरहेको प्रष्ट पारे।

तर, नेकपा माओवादी केन्द्रका नेता पुन भने स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसले चलाखी गर्न खोजे गठवन्धन नरहने वताएका छन् । सिन्धुपाल्चोकको चौतारामा आज माओवादीका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता पुनले स्थानीय तहको चुनावमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको तर्क गरे ।

अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि सम्मानजनक गठबन्धन भएन भने गठबन्धन टुट्न पनि सक्ने उनको चेतावनी छ।
 

विशेष