News

नेकपा एसका वहालवाला मन्त्री वैठकमा अनुपस्थित, पस्तावित नाम अस्विकार

नेकपा एसका वहालवाला मन्त्री वैठकमा अनुपस्थित, पस्तावित नाम अस्विकार

नेकपा एकीकृत समाजवादीले वहालवाला मन्त्रीहरुद्वारा प्रस्ताव गरिएका ब्यक्तिहरुलाई मन्त्री वनाउन अस्विकार गरेको छ। शनिवार सम्पन्न केन्द्रीय कमिटी बैठकले जेठ २२ गते भएको निर्णय अनुसारकै सूचीमा रहेका नेताहरुलाई मन्त्रीको शपथ खुवाउने निर्णय गरेको छ।

बहालवाला मन्त्रीहरुले नयाँलाई अवसर दिने भए जेठ २२ मा सबै पुरुष र गैरसांसद राखेर पठाइएको सूची संशोधन गर्नुपर्ने अडान लिएका थिए। समाजवादीको निर्णयबाट हट्ने सूचीमा परेका उनीहरुले सांसदहरु धनबहादुर बुढा, कृष्णलाल महर्जन, निरा जैरु र हिराचन्द्र केसीको नाम पार्टीमा पठाएका थिए। उनीहरुले मुगुका सांसद गोपाल बमलाई राज्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए।

पार्टीका प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले मन्त्री हुने नेताको सूचीमा हेरफेर नहुने बताए। ‘नाम हेरफेर गरेर मन्त्रिपरिषदमा नयाँ नाम जाँदैन। पार्टीसँग यस्तो बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई छैन’– उनले भने।

जेठ २२ को सचिवालय बैठकले जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, मेटमणि चौधरी र गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउने निर्णय गरेको थियो। त्यस्तै स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्ने निर्णय लिएको थियो। 

यो निर्णय गर्दा वहालवाला चार मन्त्रीहरु भने वैठकमा उपस्थित थिएनन्। चारजना मन्त्रीहरु बैठकमा नआएकोबारे उनले आश्चर्य ब्यक्त गरे। ‘उहाँहरु पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा आउनुपर्ने हो। सूचनासहित आज आउन सक्दिन भनेको भए मलाई थाहा भएन। सायद पार्टी अध्यक्षलाई जानकारी होला’– खतिवडाले भने।

बैठकको निर्णय सुनाउँदै खतिवडाले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसकिने बताए । शपथग्रहण गराउन ढिला भए नेकपा एसलाई गरिएको अपमानका रूपमा बुझिने भन्दै कांग्रेस र माओवादीभित्रको विवाद मिलाउन नेकपा एसभित्र नखेल्न चेतावनी समेत दिइ।

तीन मन्त्री बालुवाटार
यसैविच नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का तीन मन्त्रीहरू प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका लागि बालुवाटार पुगेका छन्। पार्टीले मन्त्रीबाट फिर्ता वोलाउने निर्णयमा दवाव श्रृजना गर्न थालेपछि आफूहरुलाई नहटाउनका लागि प्रधानमन्त्रीलाई दवाव दिन उनीहरु बालुवाटार पुगेको बताइएको छ। 

बालुवाटार पुग्ने मन्त्रीमा हस्ताक्षर फिर्ता नलिने स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ छन्। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि छन्। 

यो पनि,

नेकपा एकीकृत समाजवादी

विशेष