News

पोखराको सुइँखेतमा वाढि र पहिरोः स्थानीयलाई उद्वार गरी मन्दिरमा संरक्षण

पोखराको सुइँखेतमा वाढि र पहिरोः स्थानीयलाई उद्वार गरी मन्दिरमा संरक्षण

वाढि र पहिरोका कारण पोखरा वडा नम्बर २५ का कतिपय  बस्ती डुबानमा परेका छन् । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण त्यहाँ पहिरोले दुई दर्जनभन्दा वढि पशु चौपाया पुरिएको जनाईएको छ।

वडाध्यक्ष मोतिलाल तिमिल्सिनाका अनुसार यकिन विवरण नआएपछि २५ भन्दा वढि पुश चौपाया पहिरोमा परिएको वताए । पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको उनको भनाई छ ।

त्यहाँ करिव ढेडसयभन्दा बढी घर डुबानमा परेपछि उनीहरुलाई उद्वार गरि कसैलाई आफन्तकोमा र कसैलाई मन्दिरमा राखिएको छ । सो क्षेत्रमा पहिरो जाँदा १० वटा भन्दा घरमा क्षति पुगेको छ। पहिरोले घर र फार्महरु बगाउँदा खसी बाख्रा पुरिएको उनले वताए ।

पोखराको सुइँखेत

विशेष