News

हत्या आरोपमा नाबालक सहित १२ जना पक्राउ, ११ जना कारागार चलान

हत्या आरोपमा नाबालक सहित १२ जना पक्राउ, ११ जना कारागार चलान

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ का एक ब्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले एक नावालकसहित १२ जनालाई पक्राउ गरेको छ। वडा नं. ६ नगौलका राकेशभक्त पौडेलको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६  नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री,  ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन्। 

यसैगरी, जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका ३५ वर्षीय उद्धव अधिकारी, जीतपुरसिमरा–३ बजनी बलुवा टोलका ४८ वर्षीय बलरामप्रसाद चिमरिया, जीतपुरसिमरा–६ रामवन टाँडीका २६ वर्षीय राजु अधिकारी र २६ वर्षीय सन्तोष खत्री,  जीतपुरसिमरा–३ का ३४ वर्षीय कुमार मगर र एक नाबालक छन्।  

पक्राउ परेका ११ जनालाई वीरगञ्ज कारागार र नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार आरोपीहरुले गत वैशाख ३० गते बिहान करिव साढे ३ वजे नगौल स्थित चित्र बहादुर क्षेत्रीको घरमा राकेशभक्त पौडेलमाथि कुटपिट गरिएको थियो। कुटपिटबाट गम्भिर घाईते भएका पौडेललाई अस्पताल पुर्याएपनि उपचारकै क्रममा मृत्यु भएको थियो।

राकेशको मृत्यु भएपछि मृतकका पिता चिरन्जिवीभक्त पौडेलले उनीहरु विरुद्ध दिएको जाहेरीका आधारमा १२ जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो। बारा जिल्ला अदालतले असार ९ गते ११ जनलाई मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय वीरगञ्ज र नावालकलाई बाल सुधारगृह भक्तपुर पठाउनले आदेश दिएको थियो।

विशेष