News

राजनीतिमा लागेपछि किन समर्थकबाटै आलोचना खेप्दैछन् रवि ?

राजनीतिमा लागेपछि किन समर्थकबाटै आलोचना खेप्दैछन् रवि ?

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले असार ७ गते पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेको औपचारक घोषणा गरे। सोही दिन दल दर्ताको निवेदन समेत दिएका छन् । रविले टेलिभिजन कार्यक्रम मार्फत धेरै नागरिकमा आशा जगाएका छन्। गर्न चाहे नसकिने केही छैन, सुधार गर्न खोजे नसुध्रिने केही छैन भन्ने कुरा उनले टेलिभिजन कार्यक्रम मार्फत नै प्रमाणित गर्दै आएका छन् ।

समस्यामा परेका, विदेशमा अलपत्र परेकादेखि विकास निर्माणमा भएका विकृति विसंगती प्रति रविको निर्मम प्रस्तुतीले धेरै नेपाली उनीप्रति आशावादी छन् । नहुन् पनि कसरी ? देश र जनताको सेवा गर्ने वाचा गरेका नेताहरु आफनै दुनो सोझ्याई रहेको तितो यथार्थ भोगिरहेका जनतालाई निस्वार्थ काम गर्ने मान्छे फेला पर्दा उनको समर्थन गर्नु स्वभाविकै हो। अझ यस्ता मान्छे राजनीतिमा आएर हस्तक्षेप गर्न सक्ने अवस्थामा पुगे राहत पाईएला की भन्ने आशा पनि सर्वसाधारणले गरेकै हुन।

जनताको यही चाहाना वुझेर होला, रविले एकाएक राजनीतिमा हामफाले। उनका अधिकांश समर्थक खुसी छन् । तर, ति समर्थक भने एउटा तप्का भने उनको यो निर्णयले असन्तुष्ट भयो। रविले राजनीति सुरु गरेकोमा भन्दा पनि टेलिभिजन छोडेकोमा चै उनीहरुले दुःख ब्यक्त गरे। कारण हो– रवि लामिछानेले आशा देखाएर पुरा नगरेको बाचा । रविले ‘द लिडर’ नामको कार्यक्रम गर्ने र नेता उत्पादन गर्ने भन्दै करिव ३० हजारभन्दा वढिबाट हजारका दरले रकम उठाएको अनुमान गरिएको छ।

२०७६ मंसिर २६ गते ‘द लिडर’ कार्यक्रम घोषणा गर्दै रवि लामिछानेलेले पत्रकार सम्मेलनमा भनेका थिए–‘एउटा परिपक्व लिडर कसरी बनाउने? भिजन भएका मानिसहरूलाई कसरी समावेश गराउने? उहाँहरूलाई हाम्रा निर्णायकहरूबाट अझ कसरी तिखार्दै लगेर साँच्चै नै एउटा राष्ट्रको सेवक कसरी बनाउने भन्नेमा जोड दिएर यो कार्यक्रमलाई जोडेका छौं।’

त्यो कार्यक्रम अहिलेसम्म भएको छैन। नेता वन्न नाम दर्ता गराउनेहरुको रकम समेत फिर्ता नगरी उनले टेलिभिजन छोडेपछि अहिले चर्को आलोचना भईरहेको छ। रविले राजनीति गर्ने अनौपचारिक घोषणा गरे लगत्तै असार २ गते कैलालीको जानकी गाउँपालिका–५ का आदित्य न्यौपानेले फेसबुकमा एउटा स्ट्याटस लेखे। ‘आजभन्दा करिब दुई वर्षअगाडि रवि लामिछाने न्युज २४ मा छँदै ‘द लिडर’ कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो। सोहीअनुसार मैले आफ्नो नाम रजिस्टर गरेँ। तर १००० रूपैयाँ तिर्नुपर्ने रैछ, त्यो नि गरेँ। आजसम्म उक्त कार्यक्रम सञ्चालनमा आएको छैन। रवि लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नुभएछ। ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नुभयो।’

‘मेरो रजिस्ट्रेसन नम्बर ३०४७१ हो। अर्थात् ३०४७१×१०००= ३०४७१००० (तीन करोड चार लाख ७१ हजार) रकम हुन आउँछ। मभन्दा पछाडि नि सायद हजारौंले नाम दर्ता गराएका होलान्। अब हामी सबैको पैसाको जिम्मा कसले लिने?’ उनी अगाडि लेख्छन्–‘तर यहाँनिर एउटा चलाखी रवि लामिछानेले गर्नुभयो। पैसा बुझाएको प्रमाण कतै दिइएन। रजिस्ट्रेसन नम्बर मात्र दिनुभयो। रवि लामिछाने नाम नै काफी थियो, त्यही भएर कुनै शंका लागेन। तर अहिले न कार्यक्रम हुँदैछ न त पैसा फिर्ता।’

उनीमात्र होईन, अहिले उनी जस्ता धेरैले त्यो पैसाको खोजी गर्न थालेका छन् । धेरैतिरबाट गुनासो आएपछि अहिले रविले उक्त रकम फिर्ता गर्ने घोषणा गरेका छन् । कति जनाले रजिस्ट्रेसन गरे, कतिले पैसा फिर्ता लिए र कतिको अझै बाँकी छ भन्ने तथ्यांक पनि पैसा फिर्ता लिन धेरै पटक आग्रह गरिसकेको वताए ।

आयोजकले पैसा फिर्ता नदिए आफूले नैतिक जिम्मेवारी लिँदै सबैको पैसा फिर्ता गरिदिने लामिछानेको भनाई छ। कार्यक्रमका आयोजकले यसअघि ८८३ जनाको पैसा ब्याजसहित फिर्ता गरेको बताउँदै आएको छ। रजिस्ट्रेसन गरेका ११९२ मध्ये अहिलेसम्म ८८३ जनाले ब्याजसहित रकम फिर्ता लगिसकेको आयोजनकको दावी छ।

फिर्ता नपाउनेहरूले सम्पर्क गर्न सूचना समेत जारी भएको छ। 

यो पनि,

रवि लामिछाने द लिडर रियालिटी शो

विशेष