News

डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ मुल्य घट्यो

डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ मुल्य घट्यो

सरकारले डिजेलमा प्रतिलिटर २९ रुपैयाँ र पेट्रोलमा प्रतिलितर २० रुपैयाँ मुल्य घटाएको छ। सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने  घोषणा गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए। अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

निगमले अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल÷मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा वेचिरहेको छ। इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो 

इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट १३१.९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले १९९ र १४६.५२ रुपैयाँमा खरिद गरिएको डिजेल १९२ रुपैयाँमा किन्नुपर्छ । नेपाल आयल निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ६५.६१ रुपैयाँ सरकारी राजस्व लाग्छ । त्यसमा ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित खुद्रा मूल्य १९९ रुपैयाँ पु-याइएको छ ।

यो पनि,
पेट्रोलियम पदार्थको मुल्य घटाउने सरकारी तयारी, यस्तो छ कारण

विशेष