News

पेट्रोलियम पदार्थको मुल्य घटाउने सरकारी तयारी, यस्तो छ कारण

पेट्रोलियम पदार्थको मुल्य घटाउने सरकारी तयारी, यस्तो छ कारण

सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाउने तयारी गरेको छ। सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएपछि आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने तयारी भएको छ।

शनिवार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउनु पर्ने प्रस्ताव आएको थियो।

गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नै यस्तो प्रस्ताव गरेपछि तत्काल मन्त्रिपरिषद्को बैठक बसेर पेट्रोलियम पदार्थमा लागेको कर कम गर्ने र तेलको मूल्य घटाउन आयल निगमलाई निर्देशन दिने निर्णय भएको हो ।

नेता पौडेलले सरकार बजारमा हस्तक्षेप गरेर मुल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेको बताए। ‘खाद्य संस्थान र साल्ट ट्रेडिङमा नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ’ उनले भने–‘सरकारले राज्यका सबै निकायलाई प्रयोग गरेर मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्छ ।’
 

पेट्रोलियम पदार्थ सत्ता गठबन्धन

विशेष