News

एक्सन !, कट् ! : नेकपा एसका १० मध्ये ६ सांसदले फिर्ता लिए हस्ताक्षर

एक्सन !, कट् ! : नेकपा एसका १० मध्ये ६ सांसदले फिर्ता लिए हस्ताक्षर

पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै एक्सनमा उत्रिएका नेकपा एकिकृत समाजवादीका १० मध्ये ६ सांसद ब्याक भएका छन् । अध्यक्ष माधवकुमार नेपाललाई मागपत्र बुझाएका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाएका थिए । शनिवार उनीहरुले उक्त पत्र वुझाउँदा  दिएको हस्ताक्षर फिर्ता लिएको जनाएका छन्।

पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको उनीहरुले बताए । हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी छन् ।

‘०७९÷३÷९ का दिन कमरेड अध्यक्ष माधवकुमार नेपाललाई ८ बुदे मागसहित दलको बैठक समेत बोलाइयोस् भनी पेश गरेको पत्रमा हामी तपशीलका सांसदको समेत हस्ताक्षर रहेकामा उक्त हस्ताक्षर फिर्ता लिएका छौं’– उनीहरुले हस्ताक्षर फिर्ताका लागि लेखेको पत्रमा लेखिएको छ।

सरकारबाट फिर्ता हुन पार्टीबाट दवाव परेपछि आलेसहितका मन्त्रीले सरकारबाट फिर्ता नहुने अडान राखेका थिए। उनीहरू अध्यक्ष माधवकुमार नेपाललाई दबाबमा पारेर पदमा निरन्तर रहने रणनीति अनुसार शुक्रबार अध्यक्ष नेपाललाई माग पत्र बुझाएका थिए ।

आफूहरू बलियो रहेको देखाउन उनीहरूले हस्ताक्षरसहितको पत्र सार्वजनिक गरेको एक नेताले बताए । पोलिटब्युरो बैठकमा पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै मन्त्रीहरूको आलोचना भएको थियो ।

नेकपा एकिकृत समाजवादी प्रेम आले

विशेष